Sunday, August 23

रक्षा मन्त्रालयको नाम फेरेर ‘युद्ध मन्त्रालय’ राख्ने ट्रम्पको तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालयको नाम परिवर्तन गरी युद्ध मन्त्रालय (डिपार्टमेन्ट अफ वार) राख्ने तयारी गरेका छन्।

Advertisement

पेन्टानगनको नाम फेर्ने कार्यकारी आदेशमा शुक्रबार नै राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्ने तयारी रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Advertisement
Advertisement

ट्रम्पले यसलाई अमेरिकी सेनालाई कडा र आक्राम छवि प्रदान गर्ने नवीनतम प्रयास भनेका छन्।

Advertisement

अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसले ह्वाइट हाउसका एक अधिकारीले ट्रम्पले पेन्टागनको दोस्रो नाम युद्ध मन्त्रालय रहने गरी कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछन्।

यो नापलाई औपचारिक रूपमै परिवर्तन गर्न भने संसदबाट अनुमोदन हुनुपर्छ। ट्रम्पले संसदमा उक्त प्रस्ताव पेस गर्ने तयारी गरेको पनि एपीले ह्वाइट हाउसका ती अधिकारीलाई उद्धृत गरेर लेखेको छ।

‘युद्ध मन्त्रालय’ सन् १७८९ मा स्थापना भएको थियो। त्यो वर्ष अमेरिकी संविधान लागू भएको थियो। दोस्रो विश्वयुद्ध समाप्त भएको दुई वर्षपछि सन् १९४७ मा यो मन्त्रालयको नाम परिवर्तन गरी ‘रक्षा मन्त्रालय’ (डिपार्टमेन्ट अफ डिफेन्स) राखिएको थियो।

ट्रम्पले कार्यकारी आदेश ल्याउने तयारी गरेपछि रक्षामन्त्री पिट हेगसेथले सामाजिक सञ्जालमा ‘डिपार्टमेन्ट अफ वार’ लेखेर पोस्ट गरेका थिए।

ट्रम्प र हेगसेथले लामो समयदेखि यो नाम परिवर्तनबारे छलफल गर्दै आएको भनेर एपीले लेखेको छ। हेगसेथले गत मार्चमा सामाजिक सञ्जालमा यसबारे मत सर्वेक्षणसमेत गरेका थिए।

ट्रम्प र हेगसेथले रक्षा मन्त्रालयको नाम परिवर्तनले प्रथम र दोस्रो विश्वयुद्धको सम्झना गराउने र सैन्य शक्तिलाई थप आक्रामक प्रस्तुत हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।