Saturday, May 2

मुहम्मद जयन्ती ( मुहम्मद दिवस)को शुभकामना : अध्यक्ष महमदिन अली

नेपालअखबार,काठमाडौँ ।  मुहम्मद जयन्ती ( मुहम्मद दिवस)को शुभकामना मुस्लिम आयोगको अध्यक्ष महमदिन अली व्यक्त गर्नु भएको छ । इस्लाम धर्मका अन्तिम ईशदूत ९पैगम्बर० हजरत मुहम्मद (सल्ल) को १५०० औं (१२ रब्बी) (उलअव्वल) जन्मजयन्ती यही मिति २०८२ साल भाद्र २० गते शुक्रबारका दिन भएकोले उक्त दिनको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सु- स्वास्थ्य, दिर्घायु, सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ ।

शान्तिपूर्ण र मर्यादित तरिकाले मनाउन इस्लाम धर्मावलम्बी सबैमा विशेष अनुरोध गर्दै अन्तिम ईशदूत (पैगम्बर) हजरत मुहम्मद (सल्ल) को १५०० औ शुभ जन्मजयन्तीको अवसरमा नेपालको राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुता थप मजबुत बनोस् भन्ने शुभेच्छा समेत व्यक्त गर्नु भएको छ ।

Advertisement