Sunday, August 23

संकटको निकास संविधानबाटै खोज्न पाण्डेको आग्रह

नेपालअखबार,काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान संकटको निकास संविधान खोज्नुपर्ने बताएका छन् ।

Advertisement

शुक्रबार बिहान एक वक्तव्य जारी गर्दै पाण्डेले असहज परिस्थितिको निकास २०७२ सालमा संविधान सभाबाट जारी संविधानबाटमात्र सम्भव भएको बताएका हुन् ।

Advertisement
Advertisement

यदि संविधानभन्दा बाहिर गएर निकास खोज्न प्रयास भए अन्त्यहीन विवादमा फस्ने तथा देश र जनताले सधैँ दुख पाउने अवस्था आउने पाण्डेको धनाइ छ ।

Advertisement

‘त्यसैले म सम्माननीय राष्ट्रपतिज्यूले सुझबुझ पुर्‍याएर आन्दोलनरत जेनजी प्रतिनिधिहरूलाई साथ लिई, संविधानविदहरु, नागरिक समाज, बुद्धिजीवी, संसदमा रहेका दलसमेतलाई सहभागी बनाई वर्तमान संसदबाटै संविधान संशोधन गरी आन्दोलनकारीले उठाएका मागलाई सम्बोधन गर्दै संविधानभित्रैबाट निकास खोजी अन्तरिम सरकार गठन गर्न हार्दिक आग्रह गर्दछु’, पाण्डेले वक्तव्यमार्फत भनेका छन् ।