Tuesday, April 21

जेनजी समूहको आन्दोलका शहिद ओबजा बुढाका परिवारलाई डा. अन्सारीद्धाराआर्थिक सहयोग

नेपालअखबार,काठमाडौं । जेनजी समूहको आन्दोलका शहिद ओबजा बुढाका परिवारलाई डा. अन्सारीद्धाराआर्थिक सहयोग गरिएको छ । जेनजी समूहको आन्दोलका क्रममा प्रहरीको गोली लागि बाजुरा, स्वामिकार्तिक खापर गाउँपालिका वडा नं.३ निवासी उमेर २३ वर्षीय ओबजा बुढा शहिद भएका थिए । आज शहिद ओबजा बुढाको पशुपति आर्यघाटमा युवा नेता डाक्टर अबुल हुसेन अन्सारीले पार्थिव शरीरमा नेपाली राष्ट्र झन्डा उडाएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे पछि अन्त्यष्ठिमा गरिएको छ । युवा नेता डाक्टर अन्सारी समाज सेवी साथै महाधिवेशन प्रतिनिधि, नेविसंघका पुर्व केन्द्रिय सदस्य हुन ।
युवा नेता डा.अबुल हुसैन अन्सारीले जेनजी आन्दोलनमा शहिद भएका अन्जन बुढाको आमा र दाईसँग आज पशुपति आर्यघाट भेटघाट गरि दाहासंस्कार गर्नको लागि रू १५,००० आर्थिक सहयोग गर्नु भएको छ ।
डा. अन्सारीले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भयो ।

Advertisement