Friday, July 24

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ सय ७६ पुग्यो

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११७६ पुगेको छ।
शनिबार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा नयाँ १४ जनामा संक्रमण देखिएको गण्डकी स्वास्थ निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले शनिबार जनाएका छ्न्।
संक्रमित हुनेमा पोखरा महानगरका ८९ वर्षीय वृद्ध र २५ वर्षीय युवासहित तनहुँका ४ जना,बागलुङका ३, जना, म्याग्दीका २ र स्याङ्जाका ३ जना पुरुष रहेका छ्न्।
सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ। शुक्रबार क्षयरोग उपचार केन्द्र, पोखरामा २६७ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा २३९ नमूनाहरु परिक्षण गरिँदा १४ जनामा संक्रमण भेटिएको हो।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *