Friday, July 24

सलह खरिद गर्न पाँच लाख बजेट विनियोजन

नेपाल अखबार, झापा। झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि पाँच लाख बजेट विनियोजन गरेको छ।
सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरपालिकाले बजेट विनियोजन गरेको मेयर हरिकुमार रानाले जानकारी दिए।
सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएको रानाले जानकारी दिए।
‘नगरले सलह समातेर ल्याउनेलाई प्रतिकेजी एक सय रुपैयाँ दिने निर्णय गरेको छ,’ उनले भने। खरिद गरिएको सलह किरा नगरको कृषि शाखाले प्रतिकेजी ५० दरले पशु आहारका लागि दाना उद्योगलाई दिने निर्णय गरेको छ।रासस

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *