Friday, March 13

कोरोनाको बढ्दो मिटर : एकै दिन २ लाख ३४ हजारमा संक्रमण

नेपालअखबार, एजेन्सि। विश्वभर कोरोना संक्रमण झन् तीब्र गतिमा बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार पाँच सय २५ जनामा संक्रमण पुष्टि भएको छ।
वर्ल्डओमिटरका अनुसार यो विश्वभर एकैदिन पुष्टि भएको अहिलेसम्मकै ठूलो संख्या हो।
गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ७१ हजार दुई सय ७१ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी ब्राजिलमा ४५ हजार दुई सय ३५, भारतमा २७ हजार सात सय २८, दक्षिण अफ्रिकामा १२ हजार तीन सय भन्दा धेरै, मेक्सिकोमा सात हजार भन्दा धेरै, रुसमा साढे ६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा विश्वभर पाँच हजार तीन सय ५७ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन्। योसँगै विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच लाख ६१ हजार नौ सय ८० पुगेको छ। यो शनिबार बिहान ६ बजेसम्मको तथ्यांक हो।
अहिलेसम्म विश्वभर संक्रमितको संख्या एक कारोड २६ लाख १४ हजार एक सय ८६ पुगेको छ।
गएको २४ घण्टामा कोरोना संक्रमणको कारण सबैभन्दा धेरै ब्राजिलमा एक हजार दुई सय ७० जनाको मृत्यु भएको छ भने अमेरिकामा आठ सय २३ जनाले ज्यान गुमाएका छन्।
त्यसैगरी मेक्सिकोमा सात सय ३०, भारतमा पाँच सय २१, कोलम्बियामा दुई सय ११, इरानमा एक सय ४२, दक्षिण अफ्रिकामा एक सय ४०, रुसमा एक सय ७४, पेरुमा एक सय ८६ जनाले ज्यान गुमाएका छन्।
भारतमा अहिलेसम्म आठ लाख २२ हजार पाँच सय ७० जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ अहिलेसम्म २२ हजार एक सय ४४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *