Friday, January 9

वर्तमान सरकार असंवैधानिक भएकाले यसको विरोध गर्नुपर्छ :चौधरी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले जेनजी आन्दोलनपछि बनेको सरकार पनि असंवैधानिक रहेको टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले अहिले बनेको सरकार असंवैधानिक भएकाले यसको विरोध गर्नुपर्ने बताएका हुन् ।

‘अहिले बनेको सरकारको विषयमा पनि – बोलौँ – यो सरकार पनि असंवैधानिक तरिकाले बनेको छ । यसको विरोध गरौँ,’ नेता चौधरीले भनेका छन्, ‘संविधान संशोधन अनिवार्य छ – प्रत्यक्ष कार्यकारीको चुनाव गरौँ ।’

Advertisement

त्यस्तै उनले संवैधानिक परिषद् मार्फत गरिने सबै खाले नियुक्तिहरू खारेज गर्न र हाईज्याक गरिएको आन्दोलनमार्फत विघटन भएको प्रतिनिधि सभालाई पुनः स्थापित गरेर कानुनी राज्यको स्थापना गर्नुपर्ने बताएका छन् ।

metmani