Saturday, August 22

कारागार फर्किए टोपबहादुर रायमाझी

नेपालअखबार,काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता एवं निलम्बित सांसद टोपबहादुर रायमाझी कारागार फर्किएका छन्। उनी मंगलबार कारागार फर्किएको डिल्लीबजार कारागार स्रोतले जानकारी दिएको छ।

Advertisement

जेनजीको प्रदर्शनको क्रममा भदौ २४ गते  सुन्धारास्थित कारागारबाट भागेका थिए। उनी दुई सातापछि सुन्धारा कारागार फर्किएका हुन्। यसअघि सुन्धारा कारागारबाट भागेका चूडामणि उप्रेती ‘गोरे’ फर्किएका थिए। यस्तै उक्त कारागारबाट भागेका ३३ सयमध्ये एक हजार फर्किएका छन् भने केही जिल्ला कारागारहरूको सम्पर्कमा आएको स्रोतले जनाएको छ।

Advertisement
Advertisement

Advertisement