Sunday, July 26

५ सय र हजारका नोट प्रतिबन्ध लगाउने विषयमा छलफल भएको छैन: अर्थमन्त्री

नेपालअखबार,काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन्।

Advertisement

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्नेसम्बन्धी कुनै छलफल नभएको बताएका हुन्।

Advertisement
Advertisement

‘यो राजनीतिक विषय हो। त्यसम अहिलेसम्म चर्चा भएको छैन। संविधानमा भएका निकाय खारेज हुँदैन,’ उनले भने।

Advertisement

एक प्रश्नको जवाफमा मन्त्री खनालले अहिलेको अवस्थामा एक हजार ५०० को नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल नभएको पनि बताए।
‘त्यस विषयमा अहिलेसम्म केही भएको छैन,’ उनले भने।

भारत सरकारले लगाएको एकीकृत कर ‘गुड्स सेल्स ट्याक्स’घटाएको सम्बन्धमा अध्ययन भइरहेको तथा उद्योग व्यवसाय एवं औद्योगिक प्रतिष्ठानमा क्षति पुग्ने अवस्था भए सुधार गरिने पनि उनले बताए।