Sunday, July 26

नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष पक्राउ

नेपालअखबार,काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिव शिखर सहकारी का अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।

Advertisement

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सानेपाबाट बुधबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई नख्खु कारागार बुझाइएको सीआईबीका प्रवक्ता धर्मराज भण्डारीले बताए ।

Advertisement
Advertisement

उनी सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

Advertisement

सहकारी ठगीमा फरार भएका शर्मालाई यसअघि सीआईबीले १२ असार २०८० मा भारतको मुम्बईबाट पक्राउ गरेको थियो ।सहकारी ठगीका साथै उनीविरुद्ध २२ अर्ब भन्दा बढीको  सम्पत्ति शुद्धीकरणको मुद्दा पनि चलाइएको थियो ।