Monday, September 21

रौतहटमा चट्याङ लागेर दुई जना किशोरको मृत्यु

नेपालअखबार,रौतहट। रौतहटको कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

Advertisement

शनिबार साँझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउँका १६ वर्षीय नविन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Advertisement
Advertisement

प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार मृतक दुवैको शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।

Advertisement