
नेपालअखबार,काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लगातारको बर्षा र यसको कारण उत्पन्न बाढी, पहिरो सहितका प्राकृतिक विपत्तिका कारण उच्च जोखिम बढेको बताउनु भयो। मौसमविद्हरूको पूर्वानुमान त थियो नै तर पनि यसको कारण दशैं मनाउन यात्रा गर्नेहरू सहित नदि किनारामा बसोबास गर्ने एवम् भूक्षयको जोखिम भएका स्थानका जनसमुदाय सबै जोखिममा हुनुहुन्छ । जोखिममा परेकाको उद्धार गर्न तथा क्षतिलाई न्यूनिकरण गर्न आवश्यक सचेतना एवम् तयारीको लागि समन्वयात्मक रूपमा काम गर्न आम जनसमुदाय सहित राज्यका सरोकारवाला निकायको गंभीर ध्यानाकर्षण गराउॅनु भएको छ । अध्क्षय नेपालले आफु सुरक्षित रहॅदै सचेतना, उद्धार र राहतको काममा लाग्न पार्टी पंक्ति तथा स्वयंसेवी संस्थाहरूलाई समेत अपिल गर्नु भएको छ ।

