Wednesday, October 8

प्रकोपको जोखिम टरेको छैन, सतर्कता अपनाउनु अनिवार्य छ :पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अझै पनि प्राकृतिक प्रकोपको जोखिम टरेको टरिनसकेको भन्दै उच्च सतर्कता र सावधानी अपनाउनु अनिवार्य रहेको बताएका छन् ।

Advertisement

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले आइतबार सामाजिक सञ्जालमा भनेका छन्, ‘यस्तो अवस्थामा जनता र राष्ट्रप्रति संवेदनशील रहेका सबै राजनीतिक पार्टीहरू, जङ्गी र निजामती प्रशासन, सबै तहका सरकारहरू र विशेष गरेर स्थानीय सरकारहरू, नागरिक समाज र सम्पूर्ण पक्षलाई जनता र राष्ट्रले भोगिरहेको यो आपत् र विपतको बेलामा युद्ध स्तरमा जनताको सेवामा उत्रिन आह्वान गर्दछु ।’

Advertisement

साथै उनले मृतकका परिवारलाई आवश्यक राहत दिन, बाढी र पहिरो पीडितहरूलाई उद्धार गर्न, आवश्यक ठाउँमा अविलम्ब राहत सुविधाहरू पुर्याउन, औषधि उपचारको प्रबन्ध गर्न र जन जीवनलाई सामान्य अवस्थामा फर्काउन म सरकारसँग माग गरेका छन् ।

Capture