Friday, July 24

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

नेपालअखबार, काठमाडौँ ।  फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ।

Advertisement

फिलिपिन्सको दक्षिण–पूर्वी तट नजिक ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

Advertisement
Advertisement

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो भूकम्प मिन्दानाओ टापुको पूर्वी तटबाट करिब १२३ किलोमिटर टाढा ५८.१ किलोमिटर गहिराइमा गएको हो।

Advertisement

हालसम्म क्षतिको तत्काल विवरण नआएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

तर स्थानीय अधिकारीहरूले सुनामीको चेतावनी भने जारी गरेका छन्।

फिलिपिन्सको भौगर्भिक तथा ज्वालामुखी संस्थानका अनुसार विनाशकारी र जीवन–खतरामा पार्ने सुनामी आउने सम्भावना रहेको भन्दै पूर्व र दक्षिणी तटीय क्षेत्रमा बस्नेहरूलाई तुरुन्तै सुरक्षित स्थानतर्फ सार्न आग्रह गरिएको छ।

उक्त संस्थाले भने भूकम्पको तीव्रता ७.६ म्याग्निच्युड मापन गरेको सिएनएनले जनाएको छ।

अमेरिकी सुनामी चेतावनी प्रणालीका अनुसार फिलिपिन्सका केही भागमा १ देखि ३ मिटर अग्ला छालहरू देखा पर्न सक्ने सम्भावना छ भने इन्डोनेसिया र पलाउका केही तटमा ३० सेन्टिमिटरदेखि १ मिटर अग्ला छाल आउन सक्ने उल्लेख गरिएको छ।

फिलिपिन्स प्रशान्त महासागरको ‘रिङ अफ फायर’अर्थात् भूकम्पीय सक्रिय क्षेत्रभित्र पर्छ।