Friday, July 10

युवा संघको अल्टिमेटम मोटरसाइकल र्‍यालीको अनुमति दिन सरकारलाई

नेपालअखबार,काठमाडौं। नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघले २४ घण्टाभित्र मोटरसाइकल र्‍यालीको अनुमति दिन सरकारलाई अल्टिमेटम दिएको छ।

Advertisement

युवा संघका अध्यक्ष क्षितिज थेबेले २४ घण्टाभित्र (आगामी आइतबारसम्म) मोटरसाइकल र्‍याली गर्ने अनुमति नदिए सरकारविरुद्ध सडकमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।

Advertisement
Advertisement

मोटरसाइकल र्‍याली आयोजना गर्न काठमाडौं   प्रशासनले रोक  लगाएपछि शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थेबेले यस्तो चेतावनी दिएका हुन्।

Advertisement

युवा संघ सडकमा ओर्लिएर आन्दोलित भए सरकारले रोक्न नसक्ने उनको भनाइ छ। युवा संघले शुक्रबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकाल्ने घोषणा गरेको थियो। तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले र्‍याली आयोजनाको अनुमति दिएन।

र्‍याली रोकेर सरकारले मौलिक हकमा बन्देज लगाएको अध्यक्ष थेबेको भनाइ छ । मोटरसाइकल र्‍याली शान्ति स्थापना र नागरिकको रक्षाका लागि आयोजना गरिएको भन्दै उनले त्यसलाई रोकेर सरकारले लोकतन्त्रको धज्जी उडाएको आरोप लगाए।

सरकार अधिनायकवादी भएको र निरंकुशता हाबी हुन थालेको भन्दै उनले युवा संघ सुशासन, विधिको शासन र कानूनी राज्य मान्ने शक्ति भएकाले नै शुक्रबार प्रशासनले रोक लगाएपछि मोटरसाइकल र्‍याली नगरिएको दावी गरे।