Friday, July 10

गाजाबाट आंशिक इजरायली सेना फिर्ता

नेपालअखबार,काठमाडौं ।  इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहाइ सम्झौताको घोषणाले गाजाका जनतामा खुशी ल्याएको छ।  यसैबीच इजरायली सेना गाजाका केही क्षेत्रबाट आंशिक फिर्ता हुन थालेका छन्।

Advertisement

गाजाका बासिन्दाहरूले बीबीसीलाई बताएअनुसार इजरायली सेना गाजा शहरको उत्तरपश्चिमको बाहिरी इलाकाबाट फिर्ता गएका छन्। पूर्वमा रहेको पहेँलो रेखा तिर फर्किएका छन्। इजरायली सेनाले सम्झौताको एक भागको रूपमा यो कदम चालेको हो।

Advertisement
Advertisement

तर सम्झौताअन्तर्गत इजरायली सेना फिर्ता हुने धेरै क्षेत्रमा बख्तरबंद सवारी साधन र ट्याङ्कहरू तैनाथ छन्। यसमा दक्षिणी गाजाको खान युनिस र तटीय क्षेत्र पनि समावेश छन्।

Advertisement

स्थानीयहरूले शुक्रबार बिहान तटीय क्षेत्रमा तैनाथ ट्याङ्कहरूले गोली चलाएको र सयौँ विस्थापित मानिसलाई रशिद स्ट्रिट हुँदै उत्तरतिर आफ्नो घर फर्कनबाट रोकेको बताएका छन्।

युद्धविरामको घोषणा भए पनि शुक्रबार उत्तरी र दक्षिणी गाजाका केही भाग मा विस्फोटको आवाज सुनिएका थिए। युद्धविराम औपचारिक रूपमा कहिले लागू हुनेछ र घर फर्कन कहिले सुरक्षित हुनेछ भन्ने कुरा अझै स्पष्ट रहेको बताएका छन्।