
नेपालअखबार, काठमाडौं । रूसका विदेश मन्त्री सर्गेई लाभरोभले संयुक्त राष्ट्र संघको तर्फबाट प्रतिबन्धहरू लगाइए पनि रूसले इरानलाई सैन्य सहयोग जारी राख्ने बताएका छन् ।
उनले यसका लागि रूसले अन्तर्राष्ट्रिय कानुनहरूको पालना गर्ने पनि बताए । उनले भने, ‘हामी यी प्रतिबन्धहरूलाई मान्दैनौं ।’
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सैन्य हतियारसँग सम्बन्धित प्रतिबन्धहरू लगाएको थियो, जुन अक्टोबर २०२० मा समाप्त भइसकेको थियो।
यस अन्तर्गत इरानमाथि हतियारको खरिद-बिक्रीसँग जोडिएको कुनै कानुनी प्रतिबन्ध थिएन, तैपनि सुरक्षा परिषद्ले यी प्रतिबन्धहरूलाई फेरि लागू गर्नका लागि मतदान गरेको छ।
अमेरिकाले प्रतिबन्धको पक्षमा मतदान गर्दा चीन र रूसले यसको विरोध गरेका छन् । रूसले आधिकारिक रूपमा यी प्रतिबन्धहरूलाई नमान्ने बताएको छ।
बीबीसीका अनुसार, लाभरोभले रोयटर्ससँग भनेका छन्, ‘संयुक्त राष्ट्रका प्रतिबन्धहरू हटेपछि इरानसँगको हाम्रो सैन्य र प्राविधिक सहयोगमा कुनै प्रतिबन्ध छैन, त्यसैले हामी अन्तर्राष्ट्रिय कानुनहरूको पालना गर्दै इरानलाई आवश्यक उपकरणहरू उपलब्ध गराइरहेका छौँ।’