Friday, August 21

पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने एक जना पक्राउ

नेपालअखबार, पोखरा  । नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२० भलाम बस्ने २४ वर्षीय सुजन विक छन् ।

Advertisement
Advertisement

उनलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

Advertisement

गएराति ९ बजेतिर उनी पोखरा–१२ शितलादेवी बस्ने देवीकला अधिकारीको घरमा लुटपाट गर्न गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले बताए ।पेस्ताले देखाएर लुटपाट गर्न खोजेको भन्ने सूचना पाउनासाथ खटिएको टोलीले उनलाई नक्कली पेस्तोलसहित पक्राउ गरेको हो ।