Tuesday, October 28

मंसिर अन्तिममा महाधिवेशन गर्न महामन्त्री थापाद्वारा कार्यतालिका पेस

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर २७ गतेदेखि २९ सम्म महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्तावका रूपमा पेस गरेका छन् ।

Advertisement

असोज २६ गतेबाट पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार महामन्त्री थापाले यस्तो प्रस्ताव पेस गरेका हुन् ।

Advertisement

बैठकमा बोल्ने सदस्यहरूले १५ औँ नियमित अधिवेशन गर्नुपर्नेमा जोड दिइरहेका छन् ।