Tuesday, October 28

एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार भेटघाट गर्दैछन् । जेनजी आन्दोलनपछि सत्ताच्युत भएपछि उनले पहिलोपटक पत्रकारहरु बोलाएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

Advertisement

पत्रकार भेटघाट कार्यक्रम दिउँसो एक बजे ललितपुरको रामबाग महलमा हुने नेकपा एमालेले जनाएको छ । एमाले केन्द्रीय कमिटीको बैठक पनि त्यहीँ भएको थियो ।

Advertisement