Thursday, July 9

एमालेले बदल्यो महाधिवेशन स्थल, अब काठमाडौंमै हुने

नेपालअखबार,काठमाडौं । नेकपा (एमाले) ले ११ औं महाधिवेशन काठमाडौंमै गर्ने भएको छ। एमालेको शनिबार बसेको सचिवालयको ५९ औं बैठकले महाधिवेशन स्थल परिवर्तन गर्दै काठमाडौंमै गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

Advertisement

‘केन्द्रीय कमिटीको दसौं बैठकले पोखरामाा गर्ने भनेको ११ औं महाधिवेशन स्थल आजको सचिवालय बैठकले परिवर्तन गरेको छ। अब पोखराको सट्टामा काठमाडौंमा आयोजना गरिने छ,’ उनले भने।

Advertisement
Advertisement

एमालेको दसौं केन्द्रीय कमिटी बैठकले मंसिरको २७, २८, २९ गते ११ औं महाधिवेशन गर्ने निर्णय गरेको छ।

Advertisement

एमालेको दसौं महाधिवेशन चितवनमा २०७८ मंसिरमा भएको थियो। त्यसअघि ९ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा भएको थियो। पाँचौं महाधिवेशन पनि काठमाडौंकै प्रज्ञा भवनमा भएको थियो।