Thursday, July 9

जोमसोम—कागबेनी सडक खुल्यो

नेपालअखबार,काठमाडौँ । निरन्तरको वर्षाले शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम—कागबेनी सडक मर्मतपछि सञ्चालनमा आएको छ।

Advertisement

विभिन्न स्थानमा भासिएको सडक मर्मतपछि सञ्चालनमा आएको हो।

Advertisement
Advertisement

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सडक मर्मत गरेर केहीबेरअघिदेखि उक्त सडकमा सवारीसाधन सञ्चालन भएका छन्।

Advertisement

अब जोमसोमबाट कागबेनी र मुक्तिनाथ पुग्न सहज भएको छ।

स्थानीय प्रशासनले कागबेनी—छुसाङ सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ।

पहिरो पन्छाउन आवश्यक उपकरण र जनशक्ति त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए।