Wednesday, July 15

के पाकिस्तानले गाजामा सेना पठाउन थालेको हो ?

नेपालअखबार, काठमाडौं । पाकिस्तानले गाजामा सेना पठाउने चर्चा चलिरहेको छ।  बीबीसी उर्दूका अनुसार यस सम्बन्धमा सोधिएको प्रश्नमा पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफले  सरकारले कुन संरचनाअन्तर्गत सेना पठाउने भन्ने कुरामा निर्भर हुने बताए।शान्ति सम्झौताअन्तर्गत पाकिस्तानले गाजामा सेना पठाउने कि नपठाउने भन्ने बारेमा मिडियामा बहस चलिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०-बुँदे शान्ति योजनाले गाजामा स्थिरता र शान्तिको लागि सुरक्षा बल उपलब्ध गराउन अरब देशहरू र सहयोगीहरूलाई अपील गरेको छ।यी देशहरूले जोर्डन र इजिप्टसँग परामर्श गरेर गाजामा प्यालेस्टिनी प्रहरीलाई तालिम र सहयोग गर्ने बताएका छन्।

Advertisement
Advertisement

Advertisement