
नेपालअखबार, काठमाडौँ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले चलचित्र ‘कोशेढुंगा’ को प्रदर्शन रोक्ने निर्णय गरेको छ ।
चलचित्रले नियम उल्लङ्घन गरेको पाइएपछि मंगलबार प्रदर्शन रोक्ने निर्णय गरिएको बाेर्ड सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए ।
आज बसेको समितिको बैठकले उक्त चलचित्रको सार्वजनिक प्रदर्शन रोक्का गर्न चलचित्र विकास बोर्डमा लेखिपठाउने निर्णय गरेको छ ।
गत असोज २४ गते २४ घण्टाभित्र समितिमा स्पष्टीकरणको लिखित जवाफ पेस गर्न निर्देशन दिएपनि त्यसको पालना नभएको समितिको ठहर छ ।
चलचित्र सरोज पौडेलले निर्देशन गरेका हुन् ।

