Wednesday, July 15

इस्लामावादमा आत्मघाती विस्फोट हुँदा १२ जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामावादमा आत्मघाती विस्फोटमा १२ जना मारिएका छन्।

Advertisement

आन्तरिक मामिला मन्त्री मोहसिन नकभीका अनुसार मंगलबार मध्याह्न १२:३९ बजेतिर आत्मघाती विस्फोट हुँदा १२ जनाको मृत्यु र २७ जना घाइते भएका छन्।

Advertisement
Advertisement

आत्मघाती विस्फोट अदालत लक्षित थियो। तर अदालतभित्र प्रवेश गर्न नसकेपछि बाहिरै विस्फोट भएको मन्त्री नकभीले बताए।

Advertisement

‘आक्रमणकारी अदालत बाहिर १२ मिनेटसम्म बस्यो। सुरूमा उनले भित्र प्रवेश गर्ने प्रयास गरे तर प्रवेश गर्न नसकेपछि प्रहरीको गाडीलाई लक्षित गरेका थिए,’ उनले भने।

मन्त्री नकभीले अनुसन्धान भइरहेको र घटनामा संलग्नको छिट्टै पहिचान गर्ने पनि बताएका छन्।

पाकिस्तानका राष्ट्रपति आसिफ अलि जरदारीले यस घटनाको आपत्ति जनाएका छन्।