Friday, July 10

सन्तोष परियारलाई रास्वपाले दियो आगामी यात्राका लागि शुभकामना

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारलाई नयाँ यात्राका लागि शुभकामना दिएको छ । रास्वपाले शुक्रबार प्रेस नोटमार्फत परियारले कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीसमक्ष राजीनामा बुझाएको पुष्टि गरेको छ ।

Advertisement

‘राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य तथा पूर्वसांसद साथै विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका सन्तोष परियारज्यूले कार्यवाहक सभापति तथा महामन्त्रीज्यूलाई पत्र बुझाएर पार्टी छोड्नु भएको जानकारी गराउनु भएको छ । राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा उहाँले जानकारी गराउनुभयो । आगामी यात्राको लागि उहाँलाई शुभकामना’, प्रेस नोटमा भनिएको छ ।

Advertisement
Advertisement

परियारले आजै पदबाट राजीनामा दिएका थिए ।

Advertisement