Friday, March 13

अनुमतिविना मक्का जानेमाथि १० हजार साउदी रियाल जरीवाना

नेपाल अखबार, एजेन्सि। साउदी अरेबियाको गृह मन्त्रालयले अनुमति विना नै हज यात्राको लागि मक्का जाने मानिसहरुलाई १० हजार साउदी रियाल अर्थात् दुई हजार ६६६ अमेरिकी डलर जरीवाना लगाउने निर्णय गरेको छ । साउदी अरेबियाले यस वर्ष कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण हजयात्राको लागि मक्का आउने मानिसको संख्या सीमित पारेको छ ।
साउदी अरेबियाको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो प्रतिबन्ध जुलाई १९ देखि २ अगष्टसम्म जारी रहनेछ । दोस्रोपटक पनि यो प्रतिबन्ध उल्लंघन गर्दा पक्राउ परेका मानिसलाई पाँच हजार ३३२ अमेरिकी डलर जरीवाना गरिनेछ ।
गृह मन्त्रालयले सबै नागरिकहरुलाई र बासिन्दाहरुलाई हजयात्राको क्रममा सरकारले तोकेको नियम पालना गर्न आग्रह गरेको छ । हजयात्राको क्रममा नियम पालना गराउन सुरक्षाकर्मीहरु सडक तथा बाटोमा परिचालन गरिनेछ । साउदी अरेबियाको प्रशासनले कोरोना भाइरसको महामारीको कारण हजयात्रामा आउने मानिसको संख्या १० हजारसम्ममा सीमित राख्ने निर्णय गरेको छ ।
इस्लामिक धारणा अनुसार हज इस्लामको पाँच स्तम्भमध्येको एक हो र प्रत्येक शारीरिकरुपमा सक्षम मानिसले आफ्नो जीवनमा एकपटक हजयात्रा गर्नुपर्छ । गत वर्ष २५ लाख मानिसले मक्का र मदिनाको यात्रा गरेका थिए ।
स्रोत : बीबीसी

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *