Sunday, August 2

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

नेपालअखबार,काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

Advertisement

काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

Advertisement
Advertisement

उनका अनुसार सार्वजनिक शान्ति विरूद्धको कसुरमा अनुसन्धान अघि बढाएको छ।

Advertisement

प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको हो।

उनले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका थिए। पछिल्लो समय उनले समाज भड्काउने अभिव्यक्ति दिएको आरोप छ।