Saturday, May 9

बसम्म प्रहरीलाई सक्षम र सबल बनाइँदैन, तबसम्म मुलुकमा शान्ति सुरक्षा हुन सक्दैन :महासचिव पोखरेल

नेपालअखबार काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार विध्वंशको जगमा बनेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अहिलेको सरकार निर्वाचन गराउने बाटोमा नभएको पनि जिकिर गरे ।

Advertisement

‘विध्वंसको जगमा खडा भएको सरकार चुनावको कुरा गर्छ,’ पोखरेलले भने, ‘म बताउन चाहन्छु, अहिलेको सरकार के चुनाव गराउने बाटोमा अघि बढेको छ ? छैन ।’

साथै, उनले प्रहरीको मनोबल बढाउन र सक्षम बनाउने कुरामा सरकार असफल भएको बताए ।‘जबसम्म प्रहरीलाई सक्षम र सबल बनाइँदैन, तबसम्म मुलुकमा शान्ति सुरक्षा हुन सक्दैन भन्ने कुरालाई सरकारले उपेक्षा गरिरहेको छ,’ पोखरेलले भने ।