Friday, July 3

लोकतान्त्रिक बाटोमा फर्कन सरकारलाई आग्रह :ओली

नेपालअखबार, काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नजिस्क्याउन चेतावनी दिएका छन्।

Advertisement

शनिबार एमालेको बागमती प्रदेश कमिटीले भृकुटीमण्डपमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई उत्तेजित पार्न र नजिस्क्याउन चेतावनी दिएका हुन्।

Advertisement
Advertisement

‘एमालेलाई उत्तेजित बनाउने जिस्क्याउने काम नगर्नुस्। लोकतन्त्रलाई यो भन्दा बढी आक्रमण गर्न सकिन्छ भनेर भ्रम नपाल्नुस्। योभन्दा बढी अगाढि बढ्छु भन्ने ठान्नुहुन्छ भने तपाईंहरूका लागि पनि हितकर हुने छैन,’ उनले भने।

Advertisement

अध्यक्ष ओलीले अहिलेको सरकारको उत्पत्ति नै असंवैधानिक बाटोबाट भएकाले एमाले पुनः संवैधानिक तवरले सरकार गठन गर्नतिर लागेको बताए।

उनले लोकतान्त्रिक बाटोमा फर्कन सरकारलाई आग्रह गर्दै त्यसको पहलका लागि सम्पूर्ण दलहरूलाई पनि अपिल गरे।

अहिलेको सरकार गठन प्रक्रियालाई अदालतले पनि उचित ठहर गर्न नसक्ने उनको भनाइ थियो।

संसद पुनर्स्थापनापछि सर्वपक्षीय सरकार बनाउने पनि उनले बताए।

सरकार र दल तयार नभए जनता अगाडि बढ्ने बताउँदै ओलीले  एमाले लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताए।

‘लोकतन्त्र फर्काउने बाटोमा आउनुस्। नभए जनताले गर्नेछन्। त्यसको अगुवाइ एमालेले गर्छ। अहिले देखा परेका बाघ कागजको बाघ। कागजको बाघले तर्साउन नखोजे हुन्छ,’ उनले भने।

उनले सरकाले भदौ २४ गतेको घटनालाई महिमामण्डन गरेको पनि ओलीले बताए।

‘तपाईं प्रधानमन्त्री बनेको हुनाले देशभरिको आगजनी सहि हुन्छ? क्रान्ति हुन्छ? सहि हुन्छ? यस्तो विध्‍वंशको महिमामण्डन गर्दै हुनुहुन्छ, आफू सरकारमा छु भन्दैमा,’ प्रधानमन्त्री सुशीला कार्कीलाई लक्ष्य गर्दै ओलीले भने, ‘तपाई प्रधानमन्त्री हुनुभयो भन्दैमा आगजनी, तोडफोड, आतंकलाई महिमामण्डन गर्न सकिँदैन।’