Wednesday, July 29

एआइजी कार्कीसहित तीन जनाले पाए दर्ज्यानी चिह्न

नेपालअखबार,काठमाडौं ।प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा भएका ईश्वर कार्कीसहित तीन जनाले दर्ज्यानी चिह्न पाएका छन्।

Advertisement

बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच तीन जनालाई आइजिपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

Advertisement
Advertisement

मन्त्रिपरिषदको बैठकले एआइजी कार्कीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखको रूपमा पदस्थापन समेत गरेको छ।

Advertisement

एसएसपी पदबाट डिआइजी पदमा बढुवा भएका विश्व अधिकारी र प्राविधिक एसएसपीबाट डिआइजीमा बढुवा भएका ई. रामकुमार चौधरीले पनि दर्ज्यानी चिह्न पाएका हुन्।

आइजिपी कार्कीले चिह्न प्रदान गरेपछि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

पदोन्नति भएका प्रहरी अधिकृतहरूको नेतृत्वदायी भूमिका र नेतृत्व क्षमताबाट प्रहरी सेवामा प्रभावकारी योगदान पुग्ने विश्वास उनले व्यक्त गरेका थिए।