Sunday, May 24

संसद सचिवालयका तीन कर्मचारीको बढुवा

नेपालअखबार, काठमाडौँ । सङ्घीय संसद् सचिवालयले तीन जना कर्मचारीको बढुवा गरेको छ ।  प्रशासन सेवा, सामान्य प्रशासन समूह, उपसचिव पदका लागि २०८२–६–३१ को निर्णय अनुसार तीन जना कर्मचारीको बढुवा गरिएको हो ।

बढुवामा पर्ने कर्मचारीमा शैलेन्द्र घिमिरे, भानु, पोख्रेल र प्रमिला पौडेल गौतम रहेका छन् ।

Advertisement

मंसिर १० गते बसेको बढुवा सिफारिस समितिको निर्णय अनुसार याे निर्णय गरिएको संसद् सचिवालयले जानकारी दिएको छ ।

590270532_1613282840113193_4540812659021244784_n