
नेपालअखबार,काठमाडौँ । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा विभिन्न दलहरू एकल चुनाव चिह्न लिने गरी निर्वाचन आयोगमा दर्ता भएका छन् ।
नेपाल सङ्घीय समाजवादी पार्टी, बहुमत एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टी एकल चुनाव चिह्नबाट चुनाव लड्ने गरी आयोगमा दर्ता भएका छन् ।
त्यस्तै अनुपकुमार उपाध्याय नेतृत्वको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल पनि एकल चुनाव चिह्नका साथ निर्वाचनमा जाने भएका छन् ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र कबिर सोप नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल पनि एकल चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन् ।


