
नेपालअखबार,काठमाडौं । आज एक कार्यक्रमकाबिच नेकपा र डा. विष्णुप्रसाद खनाल नेतृत्वको ‘जनजागरण पार्टी नेपाल’ बिच पार्टी एकीकरण भएको हो ।
पार्टी एकीकरणका लागि नेकपाका संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल र जनजागरण पार्टीका अध्यक्ष डा. खनालले ११ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार जनजागरण पार्टीले आफ्नो नाम, झण्डा र चुनाव चिन्ह खारेज गरी नेकपाको विधान र राजनीतिक कार्यदिशा स्वीकार गर्ने भएको छ ।
जसपाका राजेन्द्र श्रेष्ठ समूह पनि आजै नेकपामा प्रवेश गरेको थियो । यसअघि नै नेकपा एक दर्जन हाराहारीका ठुला– साना पार्टीहरू मिलेर बनेको थियो ।


