Friday, August 21

फागुन २१ को चुनावका लागि सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

नेपालअखबार,काठमाडौं ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको समयमा आवश्यक सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन्।

Advertisement

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ मंसिर ८ गतेको निर्णयअनुसार सेनालाई निर्वाचन सुरक्षार्थ परिचालन गरिने भएको हो।

Advertisement
Advertisement

‘प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गर्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

Advertisement