Wednesday, July 29

एलडीसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

नेपालअखबार,काठमाडौँ । नेपालले अल्पविकसित राष्ट्रहरू (एलडीसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा हुनुपर्नेमा जोड दिएको छ । साथै नेपालले अल्पविकसित देशलाई वित्तीय एवं एकीकृत सहयोग हुनुपर्नेमा विशेष जोड दिएको छ ।

Advertisement

अल्पविकसित, भूपरिवेष्टित विकासशील तथा साना टापु राष्ट्रहरूका लागि राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय र कतार कोषले दोहामा आयोजना गरेको अल्पविकसित देशहरूको दिगो विकासका लागि विश्वव्यापी साझेदारी निर्माणसम्बन्धी बैठकअन्तर्गत बिहीबार भएको उच्चस्तरीय छलफलमा एलडिसी समूह अध्यक्षका रुपमा : परराष्ट्रसचिव अमृतबहादुर राईले ती विषयमा जोड दिए ।

Advertisement
Advertisement

परराष्ट्र मन्त्रालयका अनुसार बैठकका क्रममा परराष्ट्रसचिवले संयुक्त राष्ट्रसङ्घको प्रविधि बैंकका प्रबन्ध निर्देशक देवदत्त महाराजलाई भेटेर अल्पविकसित मुलुकबाट विकासशील देशमा रूपान्तरण हुने नेपालको यात्रालाई सहज बनाउन बैंकको सहयोगको अपेक्षा नेपालले गरेको बताए ।त्यस अवसरमा उनीहरूबीच बैंकको भूमिका र सहकार्यका अवसरहरूबारे पनि छलफल भएको थियो ।

Advertisement