Thursday, July 9

भिजिट भिसा प्रकरणमा अनुसन्धानमा मुछिएपछि म्याग्दीका सिडिओ तानिए

नेपालअखबार,काठमाडौं ।  भिजिट भिसा प्रकरणमा अनुसन्धानको घेरामा तानिएपछि गृह मन्त्रालयले म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको सरूवा भएको छ।

Advertisement

मन्त्रालयले उनको सरूवा गरेको प्रवक्ता एवं सहसचिव आनन्दप्रसाद काफ्लेले जानकारी दिए।

Advertisement
Advertisement

म्याग्दीको प्रमुख जिल्ला अधिकारीको रूपमा रवीन्द्र आचार्यलाई पठाइएको छ। आचार्य गृह मन्त्रालयका सूचना अधिकारी समेत थिए।

Advertisement

तिवारीलाई हाल गृह मन्त्रालयमै राखिएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हालै मुद्दा दायर गरेको भिजिट भिसाको मुद्दामा तत्कालीन गृहमन्त्री रमेश लेखकसहित उनको सचिवालयमा रहेकाहरूमाथि अनुसन्धान गरिरहेको अभियोगपत्रमा उल्लेख गरेको थियो।

लेखक मन्त्री हुँदा तिवारी उनका निजी सचिव थिए।