
नेपालअखबार,काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम गरे सह्य नहुने चेतावनी दिएका छन् ।
सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकार निर्वाचन गराउने गरी बनेको उल्लेख गर्दै त्यस कामलाई सम्पन्न गर्न लागि परेको बताए ।
मन्त्री अर्यालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन र जनताले अनुभूति हुनेगरी निष्पक्ष ढंगबाट कार्य सम्पादन गराउने गरी आवश्यक योजना तयार गरी कार्यान्वयनमा लैजान पनि सुरक्षा निकायहरूलाई निर्देशन दिए ।
मन्त्री अर्यालले जनताले महसुस गर्नेगरी आफ्नो काममा सुधार गर्न पनि सुरक्षा निकायहरूलाई सचेत गराए ।

