Sunday, April 19

एमाले महाधिवेशनको मतदान मंगलबार बिहान ११ बजेदेखि

नेपालअखबार,काठमाडौं । नेकपा (एमाले)ले ११ औं महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरेको छ।

मंगलबार बिहान ११ बजेदेखि ५ बजेसम्मका लागि तय भएको मतदान कार्यक्रम एक घन्टा सरेको छ।

Advertisement

संशोधित कार्यक्रम अनुसार मतदानको समय सोमबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि निर्धारण गरिएको छ।

निर्वाचन कार्यक्रम अन्तर्गत अहिले उम्मेदवारी दर्ता भइरहेको छ।

उम्मेदवारको प्रारम्भिक नामावली साँझ ६ बजे प्रकाशन गरिने कार्यतालिका छ।

त्यसउपर उजुरी, छानबिन र निर्णय गरी बेलुका साढे ८ बजे अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम छ।

त्यसपछि मतदान भने भोलि हुनेछ।

597183973_1390377055919473_142047574092541424_n-1765797337.jpg