Tuesday, July 14

कांग्रेस र कम्युनिस्टप्रति जनतामा तीव्र वितृष्णा बढिरहेको छ : कमल थापा

नेपालअखबार,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेनजी युवाहरूको आन्दोलनको अधुरो काम पूरा गर्ने जिम्मेवारी अब राष्ट्रवादी शक्तिमा आएको बताएका छन् ।

Advertisement

अहिलेको अवस्थामा कांग्रेस र कम्युनिस्टप्रति जनतामा तीव्र वितृष्णा र घृणा रहेको भन्दै जनताले विकल्प खोजिरहेको र विकल्प हुन सक्ने क्षमता राष्ट्रवादी शक्तिहरूमा मात्र रहेको थापाले जिकिर गरेका छन् ।

Advertisement
Advertisement

राप्रपा नेपाल आबद्ध पुर्ब प्रहरी परिषद्को भेलालाई सम्बोधन गर्दै थापाले भने, ‘राष्ट्रवादी शक्तिहरूको एकता अहिलेको आवश्यकता हो ।’

Advertisement

त्यस्तो एकता कायम गर्न अब कति पनि ढिलो गर्नु नहुने भन्दै थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल बीचको एकता सकारात्मक रूपमा अघि बढिरहेको पनि स्पष्ट पारे ।

उनले थपे, ‘हामीहरुका बीचमा कुनै विवाद बाँकी छैन । एकता हुन ढिलो भइरहेकोमा पार्टीका कार्यकर्ता सहयोगी र शुभचिन्तकहरुमा चिन्ता देखिन्छ । ढिलो भएको छ। तर, म आशावादी छु, यो प्रक्रिया चाँडै टुङ्गिन्छ ।’

उनले राष्ट्रवादी शक्तिहरू एक भएको अवस्थामा सबै भन्दा ठूलो शक्ति हामी नै हुने समेत दाबी गरे ।