Saturday, April 18

हुम्लामा जंगल क्षेत्रमा ३५ भेँडा मरे

नेपालअखबार,हुम्ला । हुम्लाको ताजाँकोट गाउँपालिका–१ काडाँगाउँको लामासैना लेकमा चराउन लगिएका ३५ भेँडा मरेका छन् ।

लामासैना जंगल क्षेत्रमा भेँडाहरु मरेका ताजाँकोट गाउँपालिका–१ बिरबल खड्काले जानकारी दिए । उनका अनुसार ताजाँकोट–१ कै सीपी रिठालका भेँडा पनि मरेका छन् ।

Advertisement

भेँडा मर्नुको कारण खुलेको छैन । तर विषालु खानेकुरा खाएर मरेको स्थानीयको अनुमान छ ।

भेँडा मर्दा लाखौंको क्षति भएको रिठालले बताए ।