Friday, February 20

अगामी २०८३को हज यात्रा अझै व्यवस्थित, मर्यादित,मितव्ययी बनाउन प्रयासरत रहने :अध्यक्ष मोख्तार अहमद

नेपालअखबार, काठमाडौं। नेपालबाट हज यात्रा जान चाहनेका लागि अगामी २०८३को हज यात्रा अझै व्यवस्थित, मर्यादित र हाजीहरुका निम्ति सक्दो सुविधा सहित बनाउन प्रयासरत रहने अध्यक्ष मोख्तार अहमदले बताउनु भयो । हजयात्राको क्रममा आवस र मोअल्लिमको खर्च विगतमा भन्दा यस वर्ष रु दुई सय सउदी रियाल कम गरिएको अध्यक्ष अहमदले जान्कारी दिनु भयो । वर्तमान अवस्थामा विश्वमा नै महंगी बढ्दै गएको भएता पनि जति सक्दो कमदरमा हजयात्रा सफल पार्न लागि परेको बताउदै विगतमा आवासका लागि रु २५५० सउदी रियाल लिएको थियो भने यसपटक रु २४५०  सउदी रियालमा मात्रै सम्झौता गरिएको छ । मोअल्लिमसंग गत बर्ष रु २४५० सउदी रियालमा यसवर्ष रु२३५० सउदी रियालमा मात्रै सम्झौता भएकोगरिएको छ ।

मोअल्लिमसंग गत बर्ष भन्दा 100 सउदी रियाल कम गराएर एग्रिमेन्ट गरेको र मिना क्याम्पमा नेपाली हाजीहरु सधैं D लेभेलको सुबिधा पाउने गरेकोमा यस बर्ष D+ लेभेलको पाउने सम्झौता गरिएको  अध्यक्ष अहमदले बताउनुभयो। हवाई जाहाज भाडा पनि सके सम्म मितव्ययी रुपमा नै कायम गर्न पहल गरिएको अध्यक्ष अहमदले बताउनु भयो । आफुले सके जति कमखर्चमा यो पालिको हजयात्रा सफल पार्न प्रयासरत रहेको बताउनु भयो ।

Advertisement