Friday, July 10

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नीलाई १७ वर्ष जेल सजाय

नेपालअखबार, काठमाडौं। पाकिस्तानको अदालतले  पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई १७/१७ वर्षको जेल सजाय सजाय सुनाएको छ।

Advertisement

शनिबार इस्लामाबादको विशेष अदालतले सरकारी उपहार आफ्नो फाइदाका लागि दुरूपयोग गरेको मुद्दामा पूर्वप्रधानमन्त्री खान र उनकी श्रीमति बुशरालाई १७/१७ वर्षको जेल सजाय सुनाएको हो।

Advertisement
Advertisement

यो मुद्दा सन् २०२१ मा साउदी युवराजले दिएको महँगो गहनासेटसँग जोडिएको भनेर पाकिस्तानी अनलाइन डनले लेखेको छ।

Advertisement

करिब ८० करोड रुपैयाँ पर्ने गहना इमरानले २ करोड ९० लाखमा किनेको आरोप प्रमाणित भएको अदालतको ठहर छ। अदालतले यसलाई सरकारी उपहार आफ्नो फाइदामा दुरुपयोग गरेको मानेको छ।

फैसला रावलपिन्डोको अदियाला जेलमै सुनाइयो, जहाँ इमरान पहिले नै अर्को  भ्रष्टाचार मुद्दामा १४ वर्षको सजाय काटिरहेका छन्। नयाँ १७ वर्षको सजाय पुरानो सजाय सकिएपछि मात्रै सुरु हुने  पनि पाकिस्तानका सञ्चारमन्त्री अताउल्लाह तारारलाई उद्धृत गर्दै डनले लेखेको छ।

अदालतले दुवैलाई १६ करोड ४० लाख रुपैयाँ बराबरको जरिवाना समेत तोकेको छ। जरिवाना नतिरे त्यसबापत थप कैद सजाय हुनेछ।

इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) ले यो निर्णयलाई राजनीतिक प्रतिशोधपूर्ण भनेको छ। पिटिआईले बन्द ढोकामा हुने सुनुवाइ र फैसला स्वतन्त्र हुँदैन भनेको छ।

इमरान २०२३ अगस्टदेखि जेलमै छन्। उनी विरुद्ध आतंकवाद सम्बन्धी मुद्दालगायत अरू आरोपहरू पनि चलिरहेका छन्।