Thursday, July 9

रक्सी पसलभित्र चल्यो अन्धाधुन्ध गोली, ९ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं ।दक्षिण अफ्रिकाको जोहन्सबर्ग नजिकैको एउटा सहरमा अन्धाधुन्ध गोली चलेको छ।

Advertisement

बेकर्सडाल टाउनसिपमा रहेको एउटा रक्सी पसलभित्रै छिरेर एक समूहले गोली चलाउँदा  ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

Advertisement
Advertisement

आइतबार मध्यराति १ बजे एउटा गाडीमा आएका बन्दुकधारीहरूले मदिरा पिउँदै बसेका व्यक्तिहरूमाथि गोली चलाएका थिए।

Advertisement

घटनामा १० जना घाइते भएका छन्।

गोली चलेपछि भागेका केही मानिसहरूलाई लखेटी लखेटी बन्दुकधारीहरूले गोली हानेका थिए।

घाइतेहरूलाई विभिन्न स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ। गोलीकाण्डको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

रोयटर्सका अनुसार बेकर्सडाल रहेको र्‍याण्ड वेस्ट सिटी बेरोजगारी र गरिबीले प्रभावित मानिन्छ। सो क्षेत्र सुन खानी उद्योग पतन भएपछि आर्थिक संकटले ग्रस्त बनेको स्थानीय सरकारको वेबसाइटमा उल्लेख छ।

अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने दक्षिण अफ्रिकामा दैनिक झण्डै ६० जनासम्म हत्या हुने आँकडा छ। यसले देशमा बढ्दो अपराधको स्थिति झल्काएको भनेर पनि रोयटर्सले लेखेको छ।