Monday, July 13

जनमत र जनता समाजवादी पार्टीका पूर्वसांसदले पनि गरे प्रतिनिधिसभा पुनर्स्थापना पक्षमा हस्ताक्षर

नेपालअखबार,काठमाडौं ।  प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा जनमत पार्टी र जनता समाजवादी पार्टीका निवर्तमान सांसदहरूले पनि हस्ताक्षर गरेका छन्।

Advertisement

उनीहरूले सर्वोच्च अदालतमा बुझाउन लागिएको पूरक निवेदनमा मुद्दाको पक्ष कायम गर्न माग गरिएको कागजमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी सांसद हसिना खान, जनतम पार्टीकी सांसद गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल थपिएका हुन्।

Advertisement
Advertisement

विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार कांग्रेसका अहिलेसम्म ६५ सांसदले हस्ताक्षर गरेका छन्।

Advertisement

‘हामीले ६५ जनाको हस्ताक्षर जुटाएपछि अब अदालतमा बहुमत सांसदको हस्ताक्षर पुग्ने भएको छ,’ घिमिरेले भने, ‘हामी अब कानुन व्यवसायीमार्फत हस्ताक्षर अदालत पठाउँछौं।’

नेकपा एमालेले यसअघि नै ७५ सांसदको हस्ताक्षर बुझाएका थिए। कांग्रेस र एमालेको हस्ताक्षरपछि बहुमत सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा रहेको देखिएको छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १३८ सांसदको बहुमत हुन्छ।

कांग्रेस र एमालेको हस्ताक्षर जोड्दा १४० मत पुग्छ। त्यसबाहेक अन्य तीन सांसद जोडिँदा १४३ सांसदको हस्ताक्षर प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा सर्वोच्च पुग्ने भएको छ।