Monday, July 13

ट्रम्पले नियुक्त गरे ग्रिनल्याण्डका लागि विशेष दूत

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लुइसियानाका गभर्नर जेफ ल्यान्ड्रीलाई ग्रिनल्याण्डका लागि अमेरिकी विशेष दूत नियुक्त गरेका छन् । उनको यस घोषणाले ग्रीनल्यान्ड र डेनमार्क सशङ्कित भएका छन् ।

Advertisement

यो वर्ष सुरु भएयता ट्रम्पले बारम्बार ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने कुरा गरेका छन् । विशेष दूत नियुक्तिपछि अमेरिकासहित सबैले डेनमार्कको क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने डेनमार्कका विदेश मन्त्रीले भनेका थिए ।

Advertisement
Advertisement

डेनमार्कका विदेश मन्त्री लार्स लोके रासमुसेनले सोमबार कोपेनहेगनका लागि अमेरिकी राजदूतलाई बोलाएर ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउने ट्रम्पको उद्देश्यलाई ल्यान्ड्रीले गरेको समर्थनबाट आफू विशेषगरी दुःखी भएको बताए।

Advertisement

ग्रिनल्याण्डका प्रधानमन्त्रीले पनि टापु राष्ट्रले आफ्नो भविष्य आफैँ निर्णय गर्ने कुरा दोहोर्‍याए । डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुमा ग्रिनल्याण्डको विलयको लागि आह्वान गरेका थिए। ग्रिनल्याण्ड हाल डेनमार्कको अर्धस्वायत्त क्षेत्र हो ।

खनिजले भरिपूर्ण ग्रिनल्याण्ड रणनीतिक रूपमा पनि महत्त्वपूर्ण छ। गत मार्चमा उपराष्ट्रपति जेडी भान्सले ग्रिनल्याण्डमा रहेको अमेरिकी सैन्य अड्डा भ्रमण गरेका थिए । यसक्रममा उनले डेनमार्कलाई त्यहाँ आफ्नो हितलाई बेवास्ता गरेको आरोप लगाएका थिए ।