Tuesday, September 29

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । ७ जिल्ला न्यायाधीशहरूलाई पुस १५ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको निर्वाचन आयोगका सूचना अधिकारी नारायाणप्रसाद भट्टराईले जानकारी दिए ।

Advertisement

निर्वाचन अधिकृतहरूले पुस १६ गते सम्बन्धित प्रदेशमा कार्यालय स्थापना गर्नेछन् ।

Advertisement
Advertisement

को कहाँ अधिकृत ?

Advertisement

कोशी प्रदेश– न्यायाधीश भीष्मराज प्रसाईं
मधेश प्रदेश– न्यायाधीश शुभाषबाबु पुरी
बागमती प्रदेश– न्यायाधीश गीता श्रेष्ठ
गण्डकी प्रदेश– न्यायाधीश हिमलाल वेल्वासे
लुम्बिनी प्रदेश– न्यायाधीश प्रकाशप्रसाद पण्डित
कर्णाली प्रदेश– न्यायाधीश दीपक ढकाल
सुदूरपश्चिम प्रदेश– भुवनसिंह थापा