Sunday, April 26

पाथीभरा क्षेत्र विकास समितिले सुन र चाँदी लिलाम बिक्री गर्ने

नेपालअखबार,काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिले सुन र चाँदी लिलाम बिक्री गर्ने भएको छ । आफूसँग भएको सुनचाँदी लिलाम बिक्री गर्ने भन्दै समितिले बुधबार बोलपत्र सूचना निकालेको छ ।

सूचनाअनुसार समितिले सिफाइन सुन १७८ तोलामा ८२ लाल र रिफाइन चाँदी ५ हजार २९८ तोलामा १२ लाल लिलाम बिक्री गर्न लागेको हो ।

Advertisement

इच्छुक व्यक्ति वा फर्महरूले बुधबारको मितिले २१ दिनभित्र तोकिएको प्रक्रिया पूरा गरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

pathi