Thursday, July 9

नेपाल रिटर्नी एशोसिएसनले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार सिफारिस

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको विशेष सर्कुलर अनुसार आगामी २०८२ पौष २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नामावली संकलन कार्य जारी छ।No description available.

Advertisement

तत्कालीन नेपाल रिटर्नी एशोसिएसन (समाजवादी) र रिटर्नी सेन्टर नेपालले संगठनको नाम र झण्डा पहिलेनै टुङ्गो लगाइसकेर नेपाल रिटर्नी एशोसिएसन राखी उदाहरण पेश गरिसकेको छ।

Advertisement
Advertisement

No description available.

Advertisement

संगठनले पार्टीको निर्देशन तथा मापदण्ड अनुसार २०८२ पौष ११ गते पार्टीको केन्द्रीय कार्यालयमा तत्कालीन दुवै संगठनका इन्चार्ज र अध्यक्षहरू सहितको बैठक बसी पुरुष र महिला जम्मा चार जनाको नाम समानुपातिक उम्मेदवारको लागि टुङ्गो लगाएर सिफारिस गरी पार्टी केन्द्रीय कार्यालयमा बुझाएको हो। गत हप्ता नाम र झण्डाको विषयमा सहज सहमति गरेको संगठनले विदेशमा आर्जन गरिएको सीप, अनुभव र ऊर्जाको भरपूर प्रयोग गर्दै पार्टीको मागअनुसार उम्मेदवार सिफारिस गरेको हो। यसले रिटर्नीहरू हरेक क्षेत्रमा अब्बल रहेको स्पष्ट उदाहरण प्रस्तुत गरेको छ।सिफारिस हुने उम्मेदवारहरूमा प्रविन पौडेल, डम्बर सम्बाहाम्फे, अनिता कुमारी र चेतना श्रेङ रहेका छन्। संगठनले आगामी कार्यनीति साथै आन्तरिक सुधारका कामहरू दिनप्रति गरिरहेको छ ।No description available.